यूएईमा रहेको नेपाली दूतावासमा चालक र रिसेप्सनिस्टका लागि जागिर खूल्यो

काठमाडौँ । यूएईमा रहेको नेपाली दूतावासले चालक र रिसेप्सनिस्टका लागि आवेदन माग गरेको छ। दूतावासले १६ दिनभित्र आवेदन दिन पाउने गरी आइतबार आवेदन माग गरेको हो।

चालक अनुमतिपत्र भएका, जीसीसी देशहरुमो चालकको काम गरेको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने दूतावासले जनाएको छ।

Advertisement

४५ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने चालकलाई नेपाल सरकारले तोकेको तलब र सेवा सुविधा दिइने दूतावासले भनाई छ।

कामको अवधि सुरुमा एक वर्षको हुने र त्यसपछि नविकरण हुन सक्ने दूतावासले निकालेको सूचनामा उल्लेख छ।

यस्तै रिसेप्सनिस्टका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक गरेको, अरबी, नेपाली र अङ्गे्रजी भाषामा दक्ष, कम्प्युटरको ज्ञान र सम्बन्धित क्षेत्रमा अनुभव हुनुपर्ने दूतावासले बताएको छ।

More News last news
Loading...