कालिका । कसराचोकबाट १ किलोमिटर अघि चितवन राष्टिय निकुञ्ज भित्र जन्ती बोकेको बस पल्टीएको छ । टाँडीबाट माडी तर्फ जन्ति लिएर बस फर्कदै गरेको थियो।
ना ७ ख २२८ नम्बरको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको भरतपुर अस्पतालले पुष्टि गरेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
घाईतेको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । टाँडीबाट माडीको चिरौली तर्फ जन्ति बोकेर जादै गरेको बस पल्टीएको हो ।
अनियन्त्रित भएर बस दुर्घटनामा परेको प्रारम्भीक अनुसन्धानबाट खुलेको चितवन प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत जानकारी केही समयमा आउने प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
