काठमाडौं । मनाङको हिम पहिरोमा परी एक नेपाली सहित २ जनाको मृत्यु भएको छ।
हिजो शुक्रबार मनाङको क्याङ्दीमा आएको सो हिम पहिरोमा परी नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम र नेपाली धादिङ्का अजय ढकालको ज्यान गएको हो।
धादिङका ढकालको शुक्रबार साँझ र नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुमको आज बिहान मात्रै शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।
अहिले उनीहरु दुवै जनाको शव पोस्टमार्टमका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
