काठमाडौको बसुन्धरामा शक्तिशाली बम विष्फोट !

काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा हिंसात्मक घटनाहरु बढ्दैं गइरहेका छन् । केही हप्ता पहिले एनसेललाई लक्षित गरेको भएको आक्रमणमा एकजनाले ज्यान गुमाउँनु परेको थियो भने अन्य घाइते भएका थिए।

यो बिचमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको छ । शुक्रबार साँझ साढे ७ बजेतिर ठूलो आवाजसहित शंकास्पद बस्तु विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसामा समेत्त गम्भिर असर परेको छ । विस्फोटपछि कारमा आगलागी हुन पुगेको स्थानीयले जनाएका छन्।

आगलागी दुई वटा दमकल, प्रहरी र स्थानीयको मद्धतमा नियन्त्रणमा लिइएको छ । कार भित्र पहिले देखि नैं बम राखिएको हुन सक्ने जनाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

More News last news
Loading...