बेझाड । परम्परावादी सोचले हाम्रो समाज अझै पनि अन्धविश्वास र रुढिवादीले जेलिएको छ। पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति सजिलो भएपनि व्यवहारिकरुपमा प्रयोगमा ल्याउन त्यति सहज छैन।
समाजमा मर्दापर्दा होस् या कुनै पनि शुभकार्य गर्दा होस्, पुरानै सोचका साथ समाज अझै पनि चलिरहेको छ । तर पाल्पाको रामपुर नगरपालिका-४ बाङ्गेपसल सिन्दुरेटार बस्ने २७ वर्षीया अविवाहित नौकला विकले कपाल फालेर सेतो बस्त्रमा बाबुको काजकिरिया गर्दै हुनुहुन्छ।
छोरीले कपाल फालेर छोरासरह नै काजकिरिया गरेको देख्दा समाजमा धेरै चर्चा हुन थालेको छ । रामपुर क्षेत्रमा छोरीले बाबुआमाको काजकिरिया गरेको बिरलै घटना भएकाले पनि केहीले आश्चर्य मान्दै हेर्न आउने गरेको नौकलाले बताउनुभयो।
बाबुको अर्ति उपदेशलाई अनुशरण गर्दै समाजको पुरानो मान्यता हटाएर भाइसँगै बसेर कपाल फालेर बाबुको नाममा हिन्दू परम्पराअनुसार काजकिरिया गरिरहेको उहाँ बताउनुहुन्छ। आइतबहादुरकी श्रीमती र १७ वर्षीय कान्छी छोरी विनिता विक पनि सामाजिक परम्पराअनुसार सेतो बस्त्रमा काजकिरियामा बस्नुभएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
