शिक्षकको यस्तो कर्तुत: आफैले पढाउने छात्रा बलात्कार, आरोपमा पक्राउ

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाँउपालिका ९ सिम्लीमा आफैले पढाउँदै गरेकी एक छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् ।

राप्ती ज्ञानोदय माध्यामिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक प्रकाश खड्कालाई सोही बिद्यालयमा अध्ययनरत छात्रा बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

गत मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न जाऔँ भन्दै शिक्षक खड्काले ती छात्रालाई मोटरसाइकलमा राखेर लगेका थिए ।

गाउँ पुग्नु अगावै बाटोमा पर्ने जंगलमा आफूलाई बलात्कार गरेको उजुरी छात्राले प्रहरी समक्ष गरेकी छन । ती छात्राको उजुरीको आधारमा खडकालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाई छ।

More News last news
Loading...