काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ।
पुजारी तिमल्सिनाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति बाटोमै मृत्यु भएको प्रहरी चौकी ढुङ्खर्कका प्रहरी सहायक निरीक्षक कृष्ण थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्दिरसँगै रहेको गाउँपालिका कार्यालयको माथिल्लो तलामा पुजारी तिमल्सिना बस्दै आउनुभएको थियो।
मन्दिर नजिकै आगो तापेर बसेका स्थानीयवासीले पुजारी तिमल्सिना छतबाट खसेको देखेका थिए।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। केही वर्षअघि वृद्धाश्रम सञ्चालन गरिएको उक्त भवनमा अहिले गाउँपालिकाको कार्यालय बसेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
