पोखरा । हेलिकप्टर दुर्घटनामा परि नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा युवा नेता रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा उनकै निवास पोखरा ५, मालेपाटनमा सम्पन्न भएको छ।
श्रद्धाञ्जली सभामा गण्डकी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरु लगायत बिभिन्न राजनीतिक दलका प्रतिनीधि, शुभचिन्तकहरुको सहभागीता रहेको थियो।
श्रद्धाञ्जली सभालाई रवीन्द्रकी श्रीमती बिद्या भट्टराईले आउने र सहयोग गर्ने सबैलाई धन्यावादका शब्द राख्दा सबैका आँखा रसाएका थिए।
उनले रवीन्द्र श्रीमान जस्तो नभएर साथी जस्तो भएको र उनका सपनालाई अब सरकारले र पार्टीले पुरा गर्नुपर्ने बताईन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
