पोखरामा फेरी खस्यो प्याराग्लाइडिङ, रसियन नागरिकको मृत्यु

कास्की । पोखराको सराङकोटमा प्याराग्लाइडिङ खसेर एकजनाको ज्यान गएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ डाडाँबाट केही तल खस्दा रसियाका अन्दाजी ४५ वर्षका डिमी डिभिलको ज्यान गएको हो ।

घाइते अवस्थामा रहेका उनलाई अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको बैदाम प्रहरी कार्यालयले जनाएको छ । आफुखुशी प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको प्रहरीले जनाएको छ ।

Advertisement

पोखरामा आइतबार मात्र ४२ वर्षीय रोमानियाका इद सिस जरको प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा हावाको वेगसँग तालमेल मिलाउन नसक्दा फेवातालमा खसेर ज्यान गएको थियो ।

More News last news
Loading...