जयनगर-जनकपुर रेल सेवा वैशाखदेखि सञ्चालनमा

धनुषा । वैशाखदेखि जयनगर-जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ।

सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पुर्याएकाले सरकारले जयनगर-जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ। रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताउनुभयो।

Advertisement

यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिएपनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन।

उहाँले भन्नुभयो, “अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ।” उहाँले रेलले एक घण्टाको समयमा जयनगर-कुर्थाको दूरी पार गर्ने बताउनुभयो । पाँच सय यात्रु बोक्ने रेलले दैनिक सो स्थानमा सेवा दिने मिश्रले बताउनुभयो ।

More News last news
Loading...