तेलमा डुबेका शिशिरलाई हेर्न अमेरिकाबाट डाक्टरहरु आए, नेपालका डाक्टरले खोले रहस्य (भिडियो)

कति सुन्दर थियो यो परिवार। प्युठानका २ बर्षका शिशिर खड्का आफ्नो आमा बुवासंग दंग थिए। तर गएको असारको त्यो घटनाले शिशिरको जीवन मात्रै हैन यो परिवारको खुशी नै खोसिदियो।

साथीहरुसंग खेलिरहेका शिशिर पुरी पकाउन उमालिरहेको तेलमा डुबे। पानी लिन गएकी आमा फर्केर आउंदा छोराको त्यो अवस्था देखेर मुर्छा परेर ढलिन् ।

Advertisement

भारतमा रहेका शिशिरका बुवा खबर थाहा पाउने बित्तिकै घर फर्के। शिशिरका दाई पनि छन्। चरण चरणको अप्रेशनले शिशिरलाई यो अवस्थामा ल्याउन सकियो। खुशीको कुरा शिशिर बांचे तर उनको त्यो सुन्दर अनुहार र शरीर यस्तो भयो।

अहिले उनको उपचारका लागि अमेरिकाबाट डाक्टरहरु नेपाल आएका थिए। धेरै अप्रेसन गरेपनि शिशिरको आँखा पुरीदै गएको छ। यसले परिवारलाई थप चिन्तामा पारेको छ। अमेरिकाबाट आएका डाक्टरले शिशिरको अवस्था देखेर चिन्ता व्यक्ति गरेका थिए।

हेर्नुहोस् भिडियो रिर्पोट

More News last news
Loading...