तारकेश्वर । अमादव्लम एकेडेमीको अभिभावक दिवस सम्पन्न भएको छ । आज एक औपचारीक कार्यक्रमका बीच विद्यालयको प्राङ्गणमा सो कार्यक्रम भव्य रुपले सम्पन्न भएको हो ।
तारकेश्वर नगरपालिकाका नगरप्रमुख रोमश्वर बोहोराको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा पत्रकार नन्द बहादुर ऐडी, स्थानीय समाजसेवी खेमराज गिरी, छिमेकी विद्यालयहरुका प्रिन्सिपलहरु अतिथिका रुपमा सहभागी भएका थिए।
सो अभिभावक दिवसमा विद्याथीहरुले विभिन्न लोकगीतहरुमा नृत्य, नाटक, गीत प्रस्तुत गरि मनोरञ्जन दिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
