काठमाडौँ । यस वर्षको महाशिवरात्रि आज आज शोमबार देशभर मनाइँदै छ। फागुन महिना, चतुर्दशीको दिनमा नै परेका कारण यस पटकको महाशिवरात्रि विशेष छ।
विशेषमात्र होइन ५१ वर्षपछि तिथि, करण, योग सबै हिसाबले महाशिवरात्रि यसपटक भिन्न परेको छ।
कुनै वर्ष माघ, कुनै वर्ष चैत्रमा पर्ने भएपनि यस वर्ष फागुन, त्यसमाथि भगवान शिवकै पूजा गरिने दिन सोमबार नै परेका कारण शिवरात्रि विशेष बनेको छ।
वाल्मिकी विद्यापीठका धर्मशास्त्र दर्शन विभागका उपप्राध्यापक सुरेश राज पौडेल भन्छन् –‘तिथि, योग, करण सबै हिसाबले यस पटकको शिवरात्रि पूर्ण छ। यो अपूर्व संगम ५१ वर्षपछिको हो ।’
कुन राशिलाई कस्तो प्रभाव
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
