काठमाडौँ । महानगरीय प्रहरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले अबैध सुन सहित २ जनालाई पक्राउ गरेको छ।
प्रहरीले यही १८ गते १२ः४० बजे विमानस्थलको पार्किङ एरियाबाट सिन्धुपाल्चोकका विशाल तामाङलाई सुन जस्तो देखिने धातुको बाला ३ थान (१ सय ४९ ग्राम) अन्दाजी ७ लाख ५१ हजार ९ सय ३५ रुपैया बराबरको बाला सहित नियन्त्रणमा लिएको छ।
यसै गरी विदेशबाट आएका गोरखाका भिम बहादुर रानालाई शंका लागि पार्किङ एरियामा चेकजाँच गर्दा निजको साथबाट प्रहरीले अन्दाजी ५ लाख २६ हजार १ सय ८५ रूपैया मुल्य बराबरको २ सय ९ ग्राम सुन जस्तो देखिने धातुको बाला सहित नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
