कर्णालीमा मन्दिरको ज्वाला निभ्यो, ताप्लेजुङमा मन्त्री चढेको हेलिकप्टर खस्यो (भिडियो रिर्पोट)

बुधबार बिहान कर्णालीकै प्रसिद्ध बाह्रौँ शताब्दीको चन्दननाथ मन्दिरको ज्वाला निभ्यो । त्यसको केही घण्टापछि ताप्लेजुङमा पर्यटन मन्त्री चढेको विमान खस्यो ।

भारी हिमपातसँगै हावा चलेपछि उक्त मन्दिरको ज्वाला निभेको थियो । यस मन्दिरमा बालिएको ज्वाला निभेमा अनिष्ट हुने विश्वास रहदै आएको छ। नभन्दै संयोक पनि त्यस्तै पर्यो ।

Advertisement

मन्दिरको ज्वाला निभेकै दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत ७ जना सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भयो। १२ वर्षपछि भएको यो भिआइपी हवाई दुर्घटनाले पूरै देश शोकमग्न बनेको छ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनका लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा हेलिकोप्टर दुर्घटना भएको हो।

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंग रक्षक अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो।

पाथीभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको थियो।

कसरी निभ्यो मन्दिरको ज्वाला ?

चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यका अुसार उल्टो हावा लाग्यो, भुमरीमा हिउँ परयो र मन्दिरको ज्वाला निभ्यो। पुजारी रमेश न्यौपानेले पूजा गर्ने समय तथा हिमपात र हावा एकैसाथ लागेपछि ज्वाला निभेको बताएका थिए। उनका अनुसार ज्वाला ल्याउन दैलेख जिल्लाको शिरस्थानमा जानुपर्छ। गुठी समितिका कार्यवाहक अध्यक्ष हस्तबहादुर थापासहितको टोली ज्वाला ल्याउनका लागि दैलेख जाने भएको छ।

यसअघि विसं २०७० मा चन्दननाथ मन्दिरमा मूर्ति चोरी भएपछि संयोगले ज्वाला निभेको थियो। एक जना बाबाले दैलेख हुँदै ज्वाला ल्याएका थिए । “त्यो ज्वाला अहिलेसम्म बलेको थियो, एक्कासि निभ्यो” आचार्यले पुरानो मान्यता मान्दै भनेका थिए, “यो शुभ सङ्केत होइन।” एक्कासि ज्वाला निभेपछि स्थानीयवासी पनि चिन्तित रहेका थिए।

बिहानको पूजा नियमित रुपमा चलिसकेपछि साढे ९ बजे तीव्र गतिले चलेको हावाले ज्वाला निभेको थियो । मन्दिर खोलेर पूजा गर्ने समयमा ध्वनि कोठामा गोब्रे हालिन्छ । ज्वालामा एक महीनामा २८ माना घिउ हाल्नुपर्छ । ज्योति नआउँदासम्म मन्दिरमा पूजा नहुने भएको छ । भारी हिमपात र वर्षा भइरहेकाले ज्वाला लिन दैलेख जान समेत कठिन भएको छ । दैलेख शिरस्थानबाट ज्वाला ल्याउने समयमा पूजा गर्नुपर्छ । बाटोमा पूजा गर्दै ल्याउनुपर्छ । मन्दिर स्थापना भएदेखि ज्वाला ल्याउने चलन बसेको बताइन्छ।

More News last news
Loading...