झापा । मेचीनगर १५ कछुवारीमा मंगलबार बिहान ६ बजे एक पुरुषले बाँसपछि फरुवा हानेर आफ्नी जेठी श्रीमतीको हत्या गरेका छन्।
घरमा एक श्रीमानको दुई श्रीमती दुवै बीचमा एक आपसमा दैनिक जसो झगडा। त्यो झगडाको अन्तिम बिन्दुमा श्रीमानले जेठ्ठी श्रीमतीको आखिर निर्मम तरिकाबाट हत्या गरेका हुन्।
झापा मेचीनगर नगरपालिका १५ कछुवारीको मंगलबार बिहान घटेको घटना होे। स्थानिय ३४ वर्षीय लखिन्द्र राजवंशीले आफ्नो जेठी श्रीमतीको निर्मम तरिकाबाट हत्या गरेका थिए।
श्रीमती ३४ वर्षीय चम्पा राजवंशीलाई हिहान ६ बजे सुरुमा बाासले टाउको प्रहार गरेका थिए। त्यसपछि कोदालोले प्रहार गरि हत्या गरेकको छिमेकीले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
