खान छोड्दैमा मोटो पन घट्दैन, हुन सक्छ यस्तो खतरा

एजेन्सी । अमेरिकी ‌ओहाइयो स्टेट विश्वविद्यालयका प्राध्यापकले मोटोपन घटाउने विषयमा नयाँ कुरा बाहिर ल्याएका छन्। उनीहरुका अनुसार खाना खान कम गर्दा वा खान खान छोड्दैमा मोटो पन घट्ने निश्चित हुँदैन ।

अधिकाँश मानिस मोटोपन घटाउन भन्दै कम खाने वा खान छोड्ने भएपनि यसको नकारात्मक हुन सक्ने उनीहरुको भनाइ छ।

Advertisement

प्राध्यापक मार्था बेलुरीले नियमितरुपमा क्यालोरी बचाउनका लागि भोजन छोड्ने मानिसको शरीरमा इन्सुलिन र ग्लूकोजको मात्रा उतार चढाव हुने रयसका कारण बजन घट्नुको साटो बढ्ने खतरा हुन्छ।

खाना खान छोडेपछि शरीरमा रहेको बोँसो एकतृत हुन थाल्ने भएका कारण मोटोपन बढ्ने वा भुँडी ठूलो देखिने समस्या हुन सक्ने उनको भनाइ छ।

मुसामा गरिएको अध्यनपछि उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन्।

खाना खान छोडेका कारण बोँसो एकतृत हुने र शरीरमा टाइप मधुमेह र मुटुको रोग लाग्ने खतरा हुने समेत अध्यनले देखाएको छ।

यो अध्यन ‘जर्नल अफ न्यूट्रीशिनल बायोकेमिस्ट्री’ प्रकाशित भएको छ।

More News last news
Loading...