‘सारेगमप’मा नेपालका प्रितम आर्चायको दमदार प्रस्तुती, जजहरुले दिए स्ट्यान्डिङ ओभेसन (भिडियो)

काठमाडौँ। भारतको टेलिभिजन च्यानल ‘जी टिभी’ को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’ मा नेपालका प्रितम आर्चायले पनि तहल्का मच्चाइरहेका छन्। ईटहरीबाट कक्षा ७ मा पढ्ने
उनी भारत र नेपालसहित हाल विश्वभरि नै चर्चाको शिखरमा पुग्न सफल भएका छन्।

भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले धमाका मचाईरहेका छन्। जि टिभीबाट प्रसारण हुँदै आएको उक्त कार्यक्रमको हिजोको शोमा प्रितम आर्चायले चार्टबस्टर प्रस्तुती दिएका छन्।

Advertisement

उनले ‘हम किसीसे कम नही’ फिल्ममा समाबेश भएको किशोर कुमारको आवाजमा रहेको गीत ‘बचना ए हसिनो’ गीत गाएका थिए। प्रितमले दिएका प्रस्तुतीहरुमा मेघा अडिसन राउण्डमा दिएको ‘सन्देशे आते है’ झै उत्कृष्ट प्रस्तुती दिए र १०० मा १०० प्रतिशत ल्याएका छन् भने उनले जज, जुरी मेम्बर र टोटल धमाल फिल्मका युनिट सम्पुर्णबाट स्ट्याण्डिङ ओभिएसन समेत पाएका थिए।
हेर्नुहोस् भिडियो

More News last news
Loading...