चार वर्षीय छोरीको कुटपिट गरी हत्या, आरोपी आमा पक्राउ

ताप्लेजुङ – ताप्लेजुङमा आफ्नै छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ परेकी छिन् ।

फुङलिङ नगरपालिका २ रिजाललाइनमा कोठामा बस्ने मिक्वाखोला–१ खोक्लिङ घर भएकी ३२ वर्षीय पूजा चेम्जोङ लिम्बू छोरीको हत्या आरोपमा पक्राउ परेकी हुन् ।

Advertisement

लिम्बूले गएको फागुन १० गते आफ्नै चार वर्षीया नाबालिका छोरीको कुटपीट गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले बताउनुभयो ।

१० गते बिहान कुटपीटबाट घाइते भएकी नाबालिकालाई इलाम अस्पताल पुर्‍याइएको थियो । नाबालिकाको अस्पतालमै ज्यान गएको प्रहरीले जनाएको छ ।

छोरीको हत्या गर्ने लिम्बूलाई प्रहरीले पक्राउ गरी कानुन बमोजिम कारबाही अगाडि बढाएको प्रमुख थापाले बताउनुभयो ।

More News last news
Loading...