हङकङमाथि नेपालको सानदार जित, थापाले लिइन् ६ विकेट

काठमाडौं । नेपालले आईसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटमा हङकङमाथि ४ विकेटको सहज जित हात पारेको छ। जसमा नेरी थापाको घातक बलिङ निकै उत्कृष्ट रह्यो।

६३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो रहेन। स्कोर बोर्डमा मात्र ५ रन हुँदा काजल श्रेष्ठ व्यक्तिगत ४ रनमा आउट भइन्। नेपालले थप २ रन जोड्दा सीता राना मगर आउट भइन्। उनले खाता नै खोल्न सकिनन्।

Advertisement

इन्दु बर्मा र रुविना क्षेत्रीले चलिनन्। तर, अप्सरी बेगमले सरिता मगरसँग मिलेर नेपालको पारी सम्हालिन्। दुबैले पाँचौं विकेटका लागि ३२ रनको साझेदारी गरिन्। बेगम २४ रनमा आउट भइन्। बेगम आउट हुँदा नेपाललाई ७ रन चाहिएको थियो। तर, थप दुई विकेट गुमाएर ९ बल बाँकी छँदा भेट्टायो। सरिता मगर १६ रनमा अविजित रहिन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६२ रन बनाएको थियो। उसलाई सस्तैमा समेट्ने क्रममा नेरीले घातक बलिङ गर्दै ६ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले मात्र ८ रन दिएकी थिइन्।

More News last news
Loading...