काठमाण्डौ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन हिजो तोलाको ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । गएकाे बुधबार भने सुन तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको थियाे ।
यसअघि २०७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनकाे भाउ ५ वर्षअघिकै अवस्थामा पुगेकाे थियाे ।
यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेर ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
