हिमपातका कारण लाखौँको सेतो चिनी कुहियो

खलङ्गा । जुम्लाको गुठीचौर गाउँपालिकाको चाखुरे लेकमा सङ्कलन गरी राखिएको जडीबुटी सेतो चिनी (खिरौँला) कुहिँदा झण्डै ४० व्यापारीको लाखौँको क्षति भएको छ।

जुम्लामा यही माघ महीनामा परेको हिमपातका कारण लाखौँको खिरौँला कुहिएको व्यापारीले बताएका छन्। पुसमा सङ्कलन गरी सुकाउन राखिएको खिरौँला हुर्किएका कारण गुठीचौर गाउँपालिकाका झण्डै ४० जना व्यापारीले लाखौँको क्षति बेहोर्नु परेको हो।

Advertisement

लेकमा सुकाउन राखिएको खिरौँला हिमपातले कुहिएको गुठीचौर गाउँपालिका–१ गडिगाउँका व्यापारी दीपबहादुर बुढाले जानकारी दिनुभयो। आफ्नो मात्रै झण्डै ३० क्विन्टल खिरौँला हिमपातका कारण कुहिएको उहाँको भनाइ थियो।

लगातार परेको हिमपातले सुकाउन राखेको खिरौँला कुहिएकाले व्यापारीहरु घाटामा परेको बुढाको भनाइ थियो । प्रतिक्विन्टल ५० देखि ६० हजार रुपैयाँसम्म खिरौँला बिक्री हुने गर्छ। बुढाका अनुसार करीब १२ लाख जतिको खिरौँला कुहिएको भन्दै लगानी उठाउन पनि मुस्किल भएको दुःखेसो पोख्नुभयो। खिरौँला प्रतिकेजी ५ देखि ६ सय रुपैयाँमा जुम्लामा किनबेच हुने गरेको छ।

More News last news
Loading...