अवैध रुपमा इराक लैजाँदै गरेका ३२ पुरुषसहित १७९ जनाको उद्दार

काँकडभिट्टा । भारतबाट म्यानमार हुँदै इराक लैजान लागिएका १४७ महिला र ३२ पुरुषलाई उद्दार गरिएको छ। मणिपुरको इम्फालबाट म्यानमार हुँदै इराक लाँदै गरिएको अवस्थामा उनीहरूको उद्दार गरिएको हो।

उद्दार गरिएकाहरूलाई मंगलबार काँकडभिट्टा हुँदै नेपाल ल्याइने माइती नेपालका पूर्वाञ्चल प्रमुख गोविन्द घिमिरेले जानकारी दिए। अवैध रुपमा इराक लैजान लागिएका नेपाली एकै पटक ठूलो संख्यामा फर्काइएको यो पहिलो घटना भएको उनले बताए।

Advertisement

गोप्य सूचनाको आधारमा भारतको दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैर सरकारी संस्थाको सक्रियतामा उनीहरूलाई उद्दार गरिएको हो। मनव तस्करले भारत मणिपुरको प्रान्तीय राजधानी इम्फालबाट म्यानमारको बाटो हुँदै उनीहरूलाई इराक लैजान लागेका थिए।

तस्करीमा संलग्न एक महिला सहित ९ जना आरोपीलाई पनि नियन्त्रणमा लिइएको माइती नेपालका पूर्वाञ्चल प्रमुख घिमिरेले बताए।

मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्दार गरिएका सबैलाई नेपाली टोलीको जिम्मा लगाएका थिए। माइती नेपालले उनीहरूको उद्दारका लागि भारतस्थित नेपाली दूतावास र महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्वय गर्दै भारतको केन्द्र सरकार र मणिपुर सरकार, मणिपुरस्थित गोरखा दुःख निवारण समिति जस्ता संस्थाहरूसँग समन्यव गरेको थियो।

More News last news
Loading...