काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा बिहीबार आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको पुष्टी भएको छ।
प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले गरेको अनुसन्धानका क्रममा ११ वर्षीया बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको हो।
प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार घटनामा संलग्न एक आरोपीलाई समेत नियन्त्रणमा लिइसकिएको छ। अपराध लुकाउनका लागि शवलाई जलाइएको थियो।
प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले पनि प्रहरी आरोपित नजिक पुगेको बताए। मृतक बालिका बोल्न नसक्ने अपाङ्ग हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
