काठमाडौँ । कलिलो उमेरमै थुप्रै समाजसेवाबाट अघि बड्दै एक बर्ष अगाडी ‘म बदलिन्छु मेरो देश बदलिन्छ’ भन्ने भाव सहित काठमाडौ सफाइमा जुटेका देशका कान्छा सामाजिक अभियान्ताका नामले चिनिने केपी खनालले आफ्नो उमेरमा गरेको काम देखेर धेरै नेपाली प्रभावित भएका छन उनको सडकमा रातदिन गरिने कामले पनि नाम मिल्दो जुल्दो देखेर सडकका प्रधानमन्त्री समेत पछिल्लो समयमा भन्ने गरेको पाइन्छ यसै बिच आफ्नो सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दौ यस्तो लेखेर धेरैलाई प्रभावित पारेका छन।

आजको सफाइ :
हाम्रो नियत भन्ने कि सोच कतिसम्मको खोटो है ?
आज #Cleanकाष्ठमण्डप अभियान अन्तर्गत कर्णाली प्रदेशबाट काठमाडौ पढ्न आएका युवाहरू मिलेर काठमाडौको बागबजार क्षेत्रमा सफाइ गर्न निस्केको त्यो सुरुको पल निकै उत्साहमा थियो तर जब-जब फ़ोहोर देखिए अनि फ़ोहोर गर्ने मान्छे ?
फ़ोहोर नगर्नुहोस् आफैलाइ हानी हुने चिजबाट आफै बचौं भन्दा उल्टै एकदिनको सफाइले के हुन्छ भन्ने जवाफ आउन थाल्यो ! तर उत्तर दिने हैसियत हामिमा भएन किनकी ‘हामी एकदिन सफाइ गर्न गएका होइनौं हामी त हाम्रो अभिभावकका लाखौं सपनालाइ त्यागेर सोच बदल्न हिडेका हौं’ जो फ़ोहोर फाल्छ अनि जो आफुले प्रयोग गर्ने चिजबस्तुलाइ सहि ठाउँमा ब्यवस्थापन गर्न सक्दैन तिनै मानिससम्म यो खबर कजबचभ गरेर सुध्रिने छैनन्।
आउनुहोस् अब सफाइको क्रान्ति गरौं अनि भनौं ‘सके सफाइ गरौं नसके फ़ोहोर नै नगर्ने बाताबरण बनाऔं’ फ़ोहोर गरेको देखेमा आफै कार्वाही गरौं अनि बन्नेछ देश अनि भनिने छ ‘सुन्दर नेपाल’ (कृपया सक्दो Share गरेर फोहोरी मनसम्म पुर्याइदिनुहोला ताकी तपाईको एक Share ले कसैको सोच बदलिन सक्छ।
केपी खनाल
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
