इरानलाई हराउँदै नेपाल हिरो गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम भुवनेश्वरमा भइरहेको हिरो वुमेन्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

कालिंगा रंगशालामा बुधबार भएको पहिलो खेलमा नेपालले फिफा वरीयतामा ४८ स्थानमाथिको इरानलाई ३–० ले पराजित गरेको थियो । दोस्रो खेलमा म्यान्मारले आयोजक भारतलाई २–० ले पराजित गरेपछि नेपालको फाइनल यात्रा सहज भएको हो।

Advertisement

समूह चरणका तीनै खेल जितेको म्यान्मार र नेपाल फाइनलमा शुक्रबार भिड्ने छन्। चार देश सहभागी प्रतियोगितामा नेपाल फिफा वरीयतामा सबभन्दा तल ९१०८० को टिम हो।

त्यसैले नेपाललाई ‘अन्डरडग’ मानिएको थियो। नेपाल पहिलो खेलमा म्यान्मारविरुद्ध ३–० ले हारेपछि नेपालले दोस्रो खेलमा भारतविरुद्ध २–१ को ऐतिहासिक जित निकालेको थियो । दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन्।

अनिता बस्नेतले इरानविरुद्ध गोलको खाता खोलेकी थिइन्। त्यसमा पनि बाँकी दुई गोल सावित्राले गरिन्। राष्ट्रिय टिमको लागि २२ गोल गरेकी सावित्रा चार गोलसहित हिरो गोल्डकपमा सर्बाधिक गोलकर्ताको सूचीमा सबभन्दा अगाडि छिन्।

More News last news
Loading...