घरमै यति सजिलैसँग हटाउन सकिन्छ शरिरका अनावश्यक रौँ

काठमाडौँ । अनुहारमा देखिने रौँले कितपयलाई आफ्नो सुन्दरता प्रति निकै चिन्ता पर्ने गर्छ। कतिपयले सुन्दर देखिनककै लागि अनुहारमा आएको मसिना रौँलाई हटाउन केमिकलयुक्त प्रोडक्टको प्रयोग गरिरहेका हुन्छन् जसले केही समय मात्र काम गर्ने हुन्छ।

तर हामी आज कसैलाई निधारभरि उम्रिएको रौँले तनाव दिएको छ भने त्यसबाट मुक्ति पाउने घरेलु उपाय बताउन गईरहेका छौँ ।

Advertisement

पहिलो उपाय

मैदा, सुजी पाउडर, पाउडर दूध र अन्डाको सेतो भाग एक–एक चम्चा तयार पार्नुहोस् । सबै सामग्री एकै ठाउँमा मिलाएर राम्रोसँग फिट्ने । तयार पारिएको पेस्ट प्रयोग गर्नुअघि अनुहार सफा गरेर पुछ्ने । पेस्टलाई अनुहारमा लगाउने ।

गाएको प्याक राम्रोसँग सुकेपछि पानीले भिजाउँदै हल्कासँग मिच्दै रिमुभ गर्ने । यो विधि चिल्लो छाला भएकाले पाँच दिनमा एकपटक गर्दा पनि फरक पर्दैन । नियमित यो मन्त्र प्रयोग गरे अनुहारमा भएका मसिना रौँ पनि हराएर जान्छन्।

ड्राई स्किन छ र निकै बाक्लो रौँ छ भने सुरुमा हप्तामा एकपटक सफा गर्नु ठीक हुन्छ । पछि पन्ध्र दिनमा एकपटक र लामो समयपछि महिनामा एकपटक यो मन्त्र अपनाउँदा पनि हुन्छ।

दोस्रो उपाय

बजारमा पाइने कोल्ड वाक्स र हट वाक्स एक–एक चम्चा लिने । यसमा ओलिभ आयल मिसाउने र पेस्ट तयार पार्ने । यो पेस्टलाई अनुहारमा लगाउने । १०–१५ मिनेटसम्म अनुहारमै रहन दिने । यसपछि हल्का मिच्दै निकाल्ने र पानीले पखाल्ने । अनुहारको रौँ गायब हुन्छ।

प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

अनुहारको छाला अन्य भागको भन्दा संवेदनशील हुन्छ । त्यसैले यी मन्त्र अपनाउँदा आँखा, आँखीभौँ र परेला जोगाउनुपर्छ । विशेष गरी दोस्रो मन्त्र प्रयोग गर्दा यो कुरामा बढी सचेत हुन जरुरी छ । यी ठाउँमा वाक्स पर्नु हुँदैन।

More News last news
Loading...