बुहारीले हिर्काउँदा ससुराको मृत्यु 

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ रुम्जाटारमा बुधवार राति बुहारीले फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ।

ढुंग्री प्रहारबाट ससुरा ७० वर्षीय रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

Advertisement

अंशबण्डाको विषयमा विवाद हुँदा बुहारी ३० वर्षीय तारादेवी गुरुङले फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेकी थिइन् । ढुंग्री प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो।

घटनाबारे प्रहरी कार्यालय ओखलढुंगा र विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट गएको प्रहरी टोलीले बुहारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

More News last news
Loading...