बाबुले गरे आफै १२ वर्षे छोरी बलात्कार, ४१ वर्ष जेल सजाय

काठमाडौं। बाह्र वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ५३ वर्षीय बाबुलाई म्याग्दी जिल्ला अदालतले ४१ वर्ष कैद र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ।

नयाँ संहिताअनुसार एक महिनाअघि कसुर ठहर भइसकेको थियो। वादी र प्रतिवादी तर्फका कानुनव्यवसायीको रायप्रतिवेदन अध्ययनपछि सजाय निर्धारण गरी न्यायाधीश राजकुमार कोइरालाले शुक्रवार फैसला गरेका हुन्। घरमा एक्लै रहेका बेला बाबुले छोरीलाई बलात्कार गरेको थाहा पाएपछि आमाले प्रहरीमा जाहेरी दिएकी थिइन।

Advertisement

घटना मालिका गाउँपालिकामा गत भदौ दोस्रो साता भएको थियो। जाहेरी आएलगत्तै प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो। पक्राउपछि उनले कसुर सकारेका थिए।

मुलुकी अपराध संहिता २०७४ मा बाबु–छोरी बीच हाडनाता करणी भए जन्मकैद (२५ वर्ष) जेल सजाय हुन्छ। बलत्कार भए छुट्टै १६ देखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। कान्तिपुर दैनिक

More News last news
Loading...