काठमाडौँ । मायालुको अभावमा भौतारिनु पर्दाको पीडालाई समेटेको गीत कलेजी सार्वजनिक भएको छ।
गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा गुरुङको आवाजमा सजिएको यस लोकगीतको म्युजिक भिडियो बजारमा आएको हो। मोडल तथा नायिका सुभेक्षा थापाको अभिनय रहेको यस गीतमा देभिन किनारको शब्द तथा मौलिक लय सिर्जना रहेको छ।
भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ। बासु न्यौपानेको छायाँकन, रोशन धितालको सम्पादन, रामु विरहीको निर्देशन भिडियोमा रहेको छ। गीतमा सुभेक्षासँगै बुद्धविर थापा र मिना गुरुङको अभिनय रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
