टीट्वेन्टी शृंखला : युएईविरुद्ध नेपाल चार विकेटले विजयी

काठमाडौँ । टीट्वेन्टी शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध चार विकेटले विजयी भएको छ। पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा भने युएईलाई पराजित गरेको हो।

युएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरे पनि अन्तिममा जित निकाल्न सकेको हो।

Advertisement

चार बलमा एक रन चाहिएको अवस्थामा दिपेन्द्रसिंह ऐरीले चौका हानेपछि नेपालले जित पक्का गरेको हो। ऐरीले अन्तिम दुई बलमा छक्का र चौका हान्दै नेपालको जित पक्का गरे।

More News last news
Loading...