काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले दिएको १०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ।
पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई ब्यक्तिगत शून्यमै गुमाएको हो।
पहिलो ओभरको समाप्तिमा नेपालले एक विकेटको क्षतिमा तीन रन बनाएको छ।
आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित १९.२ ओभरमा सबै विकेटको क्षतिमा १०७ रन बनाएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
