काठमाडौँ । पश्चिमी वायुका कारण आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू-भागको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा अहिले तुवाँलो लागेको छ। तुवाँलोका कारण भिजिविलिटी १५ सय मिटरमा झरेको छ भने बिहीबार बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद्ले बताएका छन्।
दिउँसो काठमाडौँमा एकैछिन घाम लागेपनि फेरि बद्ली हुने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो। उहाँले देशको धेरैजसो ठाउँको मौसम बदली भई पश्चिमका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको बताउनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
