विष खान नमानेपछि युवकले गरे युवतीमाथि कुटपिट

इलाम । सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक युवाले विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन्।

सो गाउँपालिकाको वडा नं ३ का कृष्णप्रसाद सुवेदीका ३३ वर्षीय छोरा सागरले सोही स्थान बस्ने सरिता रेश्मी माथि कुटपिट गरेका हुन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सागरले २७ वर्षीय सरितालाई जङ्गलमा लगेर विष खुवाउन खोजेको तर नमानेपछि निर्घात कुटपिट गरेका थिए।

कुटपिटपछि घाइते सरितालाई उपचारका लागि जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापा लगिएको छ। सागरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको बताइएको छ।

More News last news
Loading...