काठमाडौँ । पछिल्लो समयकी व्यस्त अभिनेत्री वर्षा राउत र अभिनेता सन्जोग कोइरालाले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गर्ने भएका छन् । उनीहरूले आउँदो प्रेम दिवसको अवसर पारेर २ फागुनमा विवाह गर्न लागेका छन्।
यतिबेला दुबै जना विवाहको तयारीमा जुटेका छन्। उनको विवाह निकै महंगो हुने बताइएको छ। विवाहका लागि दुबै जनाले मोटो रकम गर्न गर्न लागेका छन्।
चलचित्र नाइ नभन्नु ल–४ बाट नायिकाका रूपमा नेपाली चलचित्रमा आएकी अभिनेत्री वर्षाले त्यसपछि छक्का पञ्जा, छक्का पञ्जा–२, जात्रा जस्ता हिट फिल्ममा काम गरिसकेकी छन् । उनको अहिले नयाँ चलचित्र चौका दाउ देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ भने १८ माघबाट अर्को चलचित्र गोपी रिलिज हुँदै छ।
यस्तै, सन्जोगले पनि आधा दर्जनभन्दा बढी चलचित्रमा नायकको भूमिका निर्वाह गरिसकेका छन् । उनको पछिल्लो चलचित्र कथा काठमाडौं र नाइ नभन्नु ल–३ हालै रिलिज भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
