काठमाडौँ । महानगरीय प्रहरी परिसरले विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिने भनी रु पाँच लाख १० हजार लुटेर फरार भएका तीन जनालाई पक्राउ गरेको छ।
परिसरको टोलीले सस्तो मूल्यमा सुन दिने भनी नगद लुट्ने सिन्धुपाल्चोकका ३८ वर्षीय विविमाया तामाङ, काठमाडौँका २९ वर्षीय यमबहादुर तामाङ र २५ वर्षीय हीरा तामाङलाई मङ्गलबार पक्राउ गरी आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो।
परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले गत मङ्सिर २० गते कागेश्वरी मनहरा नगरपालिकाका ३० वर्षीय प्रदीप कालीदासलाई बौद्धस्थित सुन पसलमा १५/२० तोला सुन दिन्छौँ भनी नगद लुटेर फरार भएका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो।
पीडितको उजुरीका आधारमा उनीहरुलाई खोजी गर्दा काठमाडौँ र सिन्धुपाल्चोकका विभिन्न स्थानबाट पक्राउ गरिएको परिसरले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
