उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रमा बुधबार बेलुकासम्म पानी पर्ने भएको छ। मध्य भागका अधिकांश क्षेत्र र पश्चिमका धेरैजसो भागमा साँझसम्मै वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ। पानी परेसँगै चिसो महसुस भैरहेको छ।
यी स्थानहरुमा मंगलबार राति देखि नै पानी परीरहेको मौसमविद् समिर श्रेष्ठले बताए। काठमाडौ उपत्यकामा ५ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।
सुदुरपश्चिमबाट सक्रिय भएको पानी पर्ने प्रणाली बिहिबारदेखि पुर्वमा सक्रिय हुने भएको छ। काठमाडौंसहित देशका मध्य र पश्चिम भेगमा परिरहेको वर्षा बुधबार साँझदेखि रोकिनेछ भने बिहिबार विहानदेखि पुर्वी भेगमा पानी पर्ने मौसमविद् श्रेष्ठले जानकारी दिए।
सुदुरपश्चिम र मध्य क्षेत्रका हिमाली र उच्च पहाडी स्थानहरुमा हिमपात पनि भइरहेको छ। वर्षा र हिमपातले जनजिवन कष्टकर भएको छ भने बिहिबिार पूर्वका धेरैजसो स्थानमा पानी पर्नेछ भने यी स्थानहरुका उच्च पहाडी र हिमाली भेगमा हिमपात हुनेछ।
काठमाडौंमा पानी परेपनि धेरै चिसो भने बढेको छैन्। उपत्यकााको आजको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ भने दिउँसो तापक्रम बढेर १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने मौसम विज्ञान विभागले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
