घुस लिएको अभियोगमा ललितपुर मालपोत कार्यालयका नायब सुब्बा पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय ललितपुरका नायब सुब्बासहित अर्का एक सहयोगीलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ।

आयोगका अनुसार एक सेवाग्राहीको जग्गा हाल साविक गर्ने प्रयोजनका लागि नायब सुब्बा कुमारबहादुर राजभण्डारी र सहयोगी बाबुराजा शाक्यले रु छ हजार घुस लिँदालिँदै कार्यकक्षबाटै पक्राउ गरिएको हो । आरोपी दुवैको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो।

Advertisement

यस्तै आयोगले प्रहरीलाई घुस दिन खोजेको अभियोगमा पक्राउ परेका भारत बहराइचका विजय चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चौधरीले भन्सार छली अवैधरूपमा हार्डवयरका सामान ओसारपसार गर्ने क्रममा पक्राउ परेका चार जना व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाउनका लागि रु १० हजार बराबरको घुस दिन खोजेको आयोगको दाबी छ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय, गुल्मीका नायब सुब्बा मिना मरासिनीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

More News last news
Loading...