साताको पहिलो दिन : सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । आज साताको पहिलोदिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ। गत साता ह्वात्तै बढेको सुनचाँदीको मूल्य यो साताको पहिलो दिन २ सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

त्यस्तै आज तेजावी सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...