नेपाल आईडलबाट चर्चित बनेका क्रिसलको पहिलो म्युजिक भिडियो बजारमा

नेपाल आइडलबाट चर्चामा आएकाका क्रिसल कडेँलको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। एरिक गिरीको शब्द, संगीत तथा स्वरमा रहेको मनको छाता बोलको गीतमा क्रिसलले अभिनय गरेका हुन्।

उनी स्वयम् राम्रो गीत गाउने प्रतिभा भएता पनि उनीले म्युजिक भिडियो मार्फत अभिनयको सुरुवात गरेका छन्। उनको अभिनयको सुरुवात गराउने निर्देशक भद्रगोलका काकु अर्थात दिपक आचार्य रहेका छन्।

Advertisement

क्रिसलले सिनेमामा अभिनय गर्ने भन्ने खालको खबर केही समय अगाडि बाहिरिएको थियो। तर उनले आफ्नो अभिनय यात्राको सुरुवात म्युजिक भिडियोबाट गरेका छन्। क्रिसललाई भिडियोमा याङ्सुले साथ दिएकी छन्। सागर मगर र पूजा राईको कोरियोग्राफी रहेको गीतमा बुद्ध थापाको सिनेमेटोग्राफी रहेको छ।

More News last news
Loading...