पिनास के हो ? यस्ता छन् पिनासका लक्षण र समस्याको उपाय

काठमाडाैँ । पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो। हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा ज्यादा विश्वास गरिन्छ । अस्पतालमा आउने विरामीमध्ये कतिपयहरू झारफुकबाट निको नभएपछि आउनेहरू छन् नाकमा जे समस्या भएपनि पिनास भन्ने चलन छ ।

कतिपय रोगहरू निश्चित समयपछि आफै निको हुन्छ । विरामीहरू अात्तिएर झारफुक गर्ने र धामीलाई देखाउन जाने गर्छन् । तर निश्चित समयपछि सामान्य खालको पिनास आफै निको भएको भेटिन्छ ।

Advertisement

कसरी जोगिने ?

– प्रशस्त मात्रामा पानी पिउने ।

– चिसोबाट जागिने ।

– तातोपानीको बाफ लिने ।

– धूलो-धूवाँबाट जोगिने, सफा मास्क लगाउने ।

– साधारण रुघाखोकी भनेर लापरबाही नगर्ने । रुघा लागे तातोपानीको बाफ लिने । आफूलाई एलर्जी हुने खालका कुराहरू नखाने ।

– एलर्जीको उपचार गराउने ।

– नाकभित्र मासु सुन्निएको, पलाएको, नाकभित्रको हाड बाङ्गएिको आदि स्थितिमा विशेषज्ञको परामर्शअनुसार शल्यक्रिया गर्ने ।

पिनासका लक्षण

बच्चा लाई रूघा लागेको जस्तो लक्षण हुन्छ जस्तो नाकबाटसिँगान बगिरहनु ज्वरो आउनु आदि,
वयस्कमा दिउसो सुख्खा खोकी आउनु । रूघाको लक्षण देखिनु ज्वरो, खराब पेट, दांत दुखाइ, कानमा दुखाइ इत्यादी लक्षण देखिए पिनास हुन सक्छ,
नाक बन्द भइरहने,
टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने,
सुँघ्ने शक्तिमा कमि आउने,
साइनास को क्षेत्रमा पीडा हुने,
आधाकपाल दुख्ने,
नाक बाट दुर्गन्धित रक्त मिश्रित पहेंलो सिंगान आउने,
माथिल्ला दाँतहरू दुख्ने,
आँखाको परेला सुन्निने,
नाक पछाडिबाट घाँटीमा केही बगिरहेजस्तो हुने । घाँटी खसखस हुने ।

बच्ने उपाय

-धुवाँ, धुलो पिनासको कारण हो । त्यसैले धुँवा–धुलोमा हिँड्दा निकै सचेत हुन आवश्यक हुन्छ । जंकफुडले समेत पिनास बढाउने भएकाले यस्ता खाद्यपदार्थबाट टाढै रहनुपर्छ ।

-विभिन्न कारणले नाकमा एलर्जी हुने गर्छ । त्यसबारे सचेत नभए वा बेवास्ता गरेपछि संक्रमण भएर पिनास हुन्छ ।

-चिसोको कारण पिनास हुने भएकाले चिसोबाट बच्नको लागि विभिन्न उपाय अपनाउन सकिन्छ । चिसो खाद्यपदार्थको कहिल्यै पनि प्रयोग गर्नुहुँदैन ।

-पिनासबाट बच्नका लागि प्रशस्त मात्रामा झोलिलो पदार्थको प्रयोगलाई बढाउनुका साथै न्यानो कपडा लगाउन आवश्यक हुन्छ ।

More News last news
Loading...