रञ्जु दर्शनाका बारेमा भ्रामक समाचार लेखेको आरोपमा अनलाइन सञ्चालक पक्राउ

काठमाडौं । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या गर्ने किसिमले समाचार सम्प्रेषण गरेको आरोपमा एक अनलाइन सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ काठमाडौंको शान्तिनगर बस्दै आएका २४ वर्षीय श्याम रोका छन्। महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार रोका नेपाल टक र मुक्तिखबर डटकमका सञ्चालक हुन्।

Advertisement

उनले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ दर्शनलाई जोडेर भ्रामक र अश्लील र चरित्र हत्या गर्ने किसिमले समाचार सम्प्रेषण गरेको सिंहको भनाइ छ।

उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत अनुसन्धान सुरु गरिएको बताइएको छ।

More News last news
Loading...