काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ह्वात्तै बढेको छ। आज सुन तोलामा ४ सय रुपैयाँले बढेको हो।
हिजो ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी हिजो ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। हिजो ७ सय ६० मा कारोबार भएको चाँदी आज ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
