काठमाडौं । राजधानीको सामाखुसीस्थित जेब्रा क्रसमा माइक्रो बसले सोमबार मध्यान्ह ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
बा१ज ९७६६ नम्बरको माइक्रो बसले ठक्कर दिँदा धुम्बाराहीकी सीता दाहालको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ ।
ठक्करबाट अन्य चार जना घाइते छन्। घाइतेमध्ये एक जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको सामाखुसीस्थित अल नेपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चालक र माइक्रोलाई नियन्त्रणमा लिइएको उनले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
