आजदेखि नयाँ वर्ष सुरु, हर्षोउल्लासका साथ मनाईदैं

काठमाडौं । अँग्रेजी वर्षको नयाँ वर्ष मंगलबारबाट शुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार आज (मंगलबार) देखि इस्वी सनको नयाँ वर्ष सन् २०१९ सुरु भएको छ।

ऐशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०१९ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन्।

Advertisement

ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको पात्रो भएकाले वैज्ञानिक नभएको विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लागेकाहरु बताउने गर्छन् ।

सौरमास र चान्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभएपनि हाल इस्वी सनको प्रभाव विश्वव्यापी छ । ३ सय ६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेण्डको एक वर्ष हुन्छ। तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेण्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन।

त्यसको व्यवस्थापनका लागि वि सं का आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ।इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रुपमा त्यसलाई व्यवस्थापन गर्न खोजेपनि पश्चिमा देशमै मतैक्यता हुन सकेको छैन ।

यसैगरी, नयाँ वर्ष मनाउन काठमाडौं उपत्यकाका ठमेल लगायतका मुलुकभरका शहरहरुमा सोमबार राति अबेरसम्म होटेल रेष्टुरेन्टहरु भरिभराउ थिए ।

More News last news
Loading...