काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार यस वर्षको अहिलेसम्मकै सबैभन्दा धेरै जाडो महसुस गरिएको छ ।
मौसम विज्ञान विभागले बुधबार विहान पौने नौ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री सेल्सियस छ । उनका अनुसार १.५ डिग्री तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।
बुधबार बिहान ६ बजे २ डिग्री सेल्सियस मापन गरिएको तापक्रम पौने नौ बजे झन् घटेर १.५ मा पुगेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
