आफ्नै श्रीमतीलाई बलात्कारको आरोपमा श्रीमान पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ परेका छन् ।

सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनस्थित २० वर्षीया युवतीले आफ्नै २४ वर्षीय श्रीमानले गत असोज ८ गते बलात्कार गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

Advertisement

बलात्कार आरोपपछि लुकिछिपी बसेको अवस्थामा जिल्लाकै आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेबाट ती पुरुषलाई पक्राउ गरिएको हो । उनलाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दोषी ठहर नभएसम्म आरोपितको नाम प्रहरीले गोप्य नै राखेको छ ।

यसबाहेक ज्यान मार्ने मुद्दामा पक्राउ परेका फुङलिङ नगरपालिका–२ का २२ वर्षीय विकास लिम्बू कारागार चलान भएका छन् ।

More News last news
Loading...