दाङमा बस दुर्घटना, १० जनाको मृत्यु

दाङ । दाङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

३१ जना सवार बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको हो। आठजना घाइतेको राप्ति अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना भएको प्रहरीको भनाइ छ।

घटनामा उद्धार गर्न इलाका प्रहरी कार्यालय तुलसीपुरबाट डीएसपी प्रेम शाहीको कमाण्डमा १९ जनाको टोली र जिप्रका दाङबाट प्रहरी खटिएको छ ।

More News last news
Loading...