युट्युबले हटायो ५ करोड भन्दा बढी भिडियो, निगरानीकै लागि १० हजार कर्मचारी

काठमाडौं । युट्युबले आफ्नो नियम पालना नगरेको भन्दै लाखौँ भिडियोहरू आफ्नो वेबसाइटबाट हटाएको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित स्यान बुर्नोमा मुख्यालय रहेको युट्यूबले गत जुलाई र सेप्टेम्बर महिनामा गरेको आन्तरिक अडिट पश्च्यात ५ करोड ८० लाख भिडियोहरूलाई कम्पनीको सीमारेखा भित्र नरही अपलोड गरिएको पाइएकोले हटाएको जनाएको छ।

Advertisement

कम्पनीको आधिकारिक ब्लगमा जनाइएअनुसार भिडियोका साथ साथै झन्डै २३ करोड ‘कमेन्टहरू समेत यूट्यूबबाट हटाइएको छ।

झन्डै १० हजार कर्मचारीहरूले दैनिक रूपमा यूट्यूबमा अपलोड हुने सामाग्रीको निगरानी गर्ने गरेका छन्।

More News last news
Loading...