गुल्मी । गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा ८८ वर्षीया वृद्धा बलात्कृत भएकी छन्। सोमबार दिउँसो घरमै पुगेर १६ वर्षका एक किशोरले वृद्धालाई बलात्कार गरेका हुन् ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपित किशोरको थप अनुसन्धान भैरहेकाले मंगलबार नै अदालतबाट म्याद थप गर्ने तयारी भएको छ।
वृद्धाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
